ताजा अपडेट »

सरकार ढल्ने अवस्थामा पुग्यो: वर्षमान पुन

मंगलबार, ०६ जेठ २०८२, १४ : २४
82 Shares
मंगलबार, ०६ जेठ २०८२
82 Shares

पोखरा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार ढल्ने अवस्थामा पुगिसकेको बताएका छन् ।  मंगलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान केपी ओली नेतृत्वको सरकार ढलेमा नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए । 

‘सरकार ढल्यो भने पहिलोले दाबी गर भनेका छौँ । तेस्रो पार्टीले १८ महिना सरकार चलाएर रेकर्ड बनाएका छौँ, दोस्रोले पनि १ वर्ष चलाएको छ’, उनले भने, ‘अब पहिलोलाई बहुमत एमाले र माओवादी विना पनि पुग्छ । पहिलोले नेतृत्व दाबी गर भन्ने हाम्रो भनाइ हो । बहुमत नै पुगेन भने हामी सोच्छौँ ।’

पहिलो पार्टीले सरकार नचलाए फ्रेस म्यान्डेटका लागि जनतामा जानु उपयुक्त हुने उनको सुझाव छ । कांग्रेस र एमालेले एक अर्कालाई तर्साउन माओवादीसँग संवाद भएको हल्ला गरिएको भन्दै उनले त्यस्तो हल्लामा कुनै सत्यता नरहेको बताए । 

उनले वर्तमान सरकार माओवादीका कारण नभई आफ्नै कारण ढल्ने पनि दाबी गरे । गभर्नर नियुक्ति प्रकरणले सरकार ढल्ने अवस्था बनेको पनि पुनको भनाइ थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।