काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
गभर्नर नियुक्ती गर्न दुई दलबिच सकस परेपछि सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । त्यस लगत्तै ओली र देउवा भेटवार्ता गर्ने भनिए पनि उक्त भेटवार्ता समेत हुन सकेको थिएन ।
तर, मंगलबार ओली र देउवाबिच करिब एक घण्टा छलफल गरेपछि आजै साँझ मन्त्रिपरिषद् बैठक बोलाएर गभर्नर नियुक्त गर्न ओली सहमत भएका हुन् ।
प्रतिक्रिया