ताजा अपडेट »
चाैराह-चिडियाखोला सडक विस्तार

बुटवलको साढे ३ किलोमिटर सडक : पहिला एक अर्का माथि दोष, अहिले जस लिन होडबाजी

मंगलबार, ०६ जेठ २०८२, १९ : २२
636 Shares
मंगलबार, ०६ जेठ २०८२
636 Shares

बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक ९ वर्षपछि अहिले  बल्ल निर्माणले गति लिएको छ । सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार अहिले सर्भिस लेनको कालोपत्रे गर्ने काम सुरु भएको छ ।

‘आजबाट मात्रै निर्माण कम्पनीले चौराहादेखि मिलनचोकसम्मको एक साइटको सर्भिस लेनको कालोपत्रेको काम सुरु गरेको छ । निर्माणको काम तीव्र गतिमा नै चलेको छ, अहिलेसम्म निर्माण कम्पनीले गरेको काम सन्तोषजनक नै छ,’– ग्लोबल आवाजसँग कुराकानी गर्दैै लम्सालले भने ।

अहिलेसम्म करिब २५ प्रतिशत काम सम्पन्न गरीएको सूचना अधिकारी लम्सालले बताए । यस्तै सडकको नालि तर्फको काम भने ७० प्रतिशत भन्दा धेरै सम्पन्न भइसकेको छ । साथै अहिलेसम्म फुटपाथको काम सुरु नै नभएको समेत उनलेले बताए ।

‘अहिलेसम्म सम्रगमा २५ प्रतिशत काम सम्पन्न भएको छ । नालि तर्फको भने ७० प्रतिशत भन्दा धेरै काम सकिएको छ । फुटपाथको काम अहिलेसम्म सुरु नै भएको छैन् । अब सुरु गर्ने तयारीमा निर्माण कम्पनी छ,’–उनले भने । यस्तै निर्माण कम्पनीलाइ अहिलेसम्म ३ करोड भुक्तानी दिइसकीएको बताउदै तोकिएकै समयमा काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीले फुल फेजमा काम गर्नु पर्ने  पनि उनले बताए ।

‘कामको गति सन्तोषजक नै छ । तर, यसलाई समयमै सम्पन्न गर्नका लागि अझै तीव्र गतिमा काम गर्नु पर्ने हुन्छ, नत्र भने काम समयमा नै सकन कठिन हुन्छ । निर्माण कम्पनीले कामको गति अझै बढाएर समयमा नै काम सक्ने प्रतिबद्धता व्यक्त गरेको छ,’–उनले भने ।

बुटवलको मुख्यसडक निर्माणका लागि कञ्चनजंघा बिरुवा जेभीसँग वि.स. २०७३ साल चैत्र १७ गते २०७६ सम्ममा सडक विस्तार सक्ने गरी ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

तर, ८ वर्षसम्म पटक–पटक म्याद थप्दा समेत सडक विस्तार सम्पन्न नभएपछि वि.स. २०८१ वैशाखमा सडक डिभिजन कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द भएपछि बावुल दर्शन मालिका जेभी भैरहवासँग वि.स. २०८१ असोज १८ गते १ वर्ष भित्रमा काम सम्पन्न गर्ने गरि भ्याट सहित ३३ करोडमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार सडकको फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट र स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने सुचनाअधिकारी लम्सालले बताए । सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइने गरी ठेक्का सम्झौता भएको छ ।

जम्मा २५ प्रतिशत काम भएको छ, तर पनि जस लिन होडबाजी
९ वर्षसम्म बुटवलको मुख्य क्षेत्रमा पर्ने राजर्माग चौराहा– गोलपार्कको सडकले बुटवललाई गिज्जायो । यसको जनस्तरबाट चर्को आलोचन समेत भयो । सडक निर्माणको काम अलपत्र हुँदा एकले अर्कोलाई दोष लगाउने काम भयो । तर, अहिले सो सडक खण्डले केही मात्रा मात्रै गति लिन लाग्दा भने त्यसको जस लिनका लागि होडबाजी चल्यो ।

नेपाली कांग्रेस बुटवल उपमहानगरका उपसभापति ज्योति भण्डारीले नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक बुटवलबासिले महशुस हुने गरि राम्रो बनाउन पहल गछौँ भनेको र कांग्रेसले जे गर्छ त्यो बोल्छ, जे बोल्छ त्यो गर्छ भन्दै सामाजिक सञ्जाल पेसबुकमा लेखका छन् ।

a

साथै उनले कांग्रेस बुटवल उपमहानगर समितिका सभापति तथा नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख सकृयतामा, नेपाली कांग्रेसका केन्द्रिय नेताको सहयोग तथा स्थानीय नेताहरूको सल्लाह बमोजिम तीब्र गतिमा मुख्य सडक निर्माण कार्य भैरहेको उनको दाबी छ ।

यस्तो छ, उनले लेखेको स्टाटस
नेपालि कांग्रेस जे गर्छ त्यो बोल्छ।
जे बोल्छ त्यो गर्छ। जय नेपाल।।
बुटवल–
हामिले स्थानिय निर्बाचनको बेला भनेका थियौं राजमार्ग चौराह देखि  गोलपार्क सम्मको बाटो बुटवल बासिले महसुसहुनेगरि राम्रो बनाउनपहल गर्छौ÷अनि  जसरी  नि गराउछौं ।
नेपालिकांग्रेस बुटवल उपमहानगर समितिका सभापतितथानगर प्रमुखआदरणिय खेलराज पाण्डेयको प्रमुख सकृयतामा ,नेपालिकांग्रेसका  केन्द्रिय नेताको सहयोग तथा स्थानिय नेताहरूको सल्लाहबमोजिमतिब्रगतिमामुख्य सडक निर्माण कार्य भैरहेको छ।

यता नेकपा एमालेका नेता मेघराज भट्टराईले सडक निर्माणले गति लिनुमा विष्णुप्रसाद पौडेलको पहलकदमी र सकृयता नै प्रमुख रहेको दाबी गर्छन् । 

b

साथै उनले सडक विस्तार गर्न खोज्दा मानिसहरूलाई उचालेर सडकमा आएर अवरोध सिर्जना गर्ने प्रवृतिहरूसँग सामना गरेर यो सडक निर्माणको काम अहिलेको अवस्थामा आएको तर्फ उनले गरेका छन् ।

यस्तो छ, उनले लेखेको स्टास्टस
हिजो सडक विस्तार गर्न अवरोध गर्ने, घरधनीहरूलाई उचालेर अदालतमा मुद्वाहाल्न लगाई सडक विस्तारको कामलाई अवरूद्व पार्ने, सडक विस्तार गर्न खोज्दा मानिसहरूलाई उचालेर सडकमा आएर अवरोध सिर्जना गर्ने प्रवृतिहरूसंग सामना गरेर यो सडक निर्माणको काम यहासम्म आईपुगेको हो । यो सडकले गतिलिनुमा यो सडकका परिकल्पनाकार र योजनाकार माननीय विष्णुप्रसाद पौडेलको पहलकदमी र सकृयता नै प्रमुख हो ।

मेयर खेलराज पाण्डेय भन्छन्– मनमा धेरै आनन्द आएको छ
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले सडक निर्माणको कामले गति लिँदा मनमा धेरै नै आनन्द आएको बताएका छन् । मेयर पाण्डेले सामाजिक सञ्जालमा भनेका छन् ‘हामी निर्वाचित भएर आएपछि सबैभन्दा बढि गुनासो सुन्न परेको बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक चौराह देखि उत्तर तर्फ साईडलेनमा प्राईम राख्न सुरु गर्दा मनमा धेरै आनन्द आएको छ’, ।

यस्तै नगरप्रमुख पाण्डेयले सडक तोकिएको समयसिमा भित्र बन्ने र सडक निर्माणको ढिलाइका कारण ब्यहोर्नु परेको समस्या समाधान हुने भन्दै सडक निर्माण कम्पनीलाई धन्यवाद समेत दिएका छन् ।

 

 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।