ताजा अपडेट »

राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

बुधबार, ०७ जेठ २०८२, १२ : ३०
22 Shares
बुधबार, ०७ जेठ २०८२
22 Shares

काठमाडौं । आईसीसी महलिा टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला  क्रिकेट टोली आज स्वदेश फर्कँदै छ । 

नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो । टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।  

नेपाल पहिलो  पटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । एसिया क्षेत्र छनोटअन्तर्गत समूह सीमा बहराइनलाई २ पटक हराएको नेपाल हङकङसँग एक खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।