ताजा अपडेट »

दाङमा हावाहुरीका कारण २० वटा विद्युत पोल क्षति,राजपुरमा विद्युत सेवा अवरुद्ध

बुधबार, ०७ जेठ २०८२, २१ : ५४
20 Shares
बुधबार, ०७ जेठ २०८२
20 Shares

दाङ । दाङको देउखुरीमा हावाहुरीका कारण २० वटा विद्युत पोलसँगै दुई वटा ट्रान्सफर्मरमा क्षति पु¥याउँदा राजपुरमा विद्युत सेवा अवरुद्ध भएको छ । 

मङ्गलवार बिहान आएको हावाहुरीका कारण देउखुरीस्थित राजपुर गाउँपालिका–५ सालभौरीदेखि जंग्रहवासम्म गाडिएका विद्युत पोलसँगै ट्रान्सफर्मरमा क्षति गरेको नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय लमहीका प्रमुख युवराज रावतले जानकारी दिएका छन् । उनका अनुसार हावाहुरीले रुख ढालेर तार छिनेको, पोल भाँचिनका साथै ट्रान्सफर्मरमा क्षति पु¥याउँदा बिहानदेखि नै राजपुरमा विद्युत सेवा अवरुद्ध पुगेको छ ।

प्रारम्भिक विवरणअनुसार हावाहुरीबाट ३० देखि ३५ लाखसम्मको क्षति भएको र अवरुद्ध विद्युत सेवा सुचारु गर्नका लागि पोल गाड्ने काम भइरहेको बताए । अवरुद्ध विद्युत सेवा सञ्चालनका लागि पहिलो चरणमा १२ वटा पोल पठाएर गाड्ने काम भइरहेको भन्दै शाखा प्रमुख रावतले भने,‘ढलेका पोल गाड्ने र तार तानिसकेपछि सञ्चालन गर्ने छाँै ।’ उनका अनुसार बर्षादका कारण खोलामा बाटो बिग्रिँदा विद्युत पोल पु¥याउन समस्या भइरहेको छ ।

अवरुद्ध विद्युत सेवा सञ्चालनका लागि तत्कालै क्षति पुगेका संरचना मर्मत तथा प्रतिस्थापन गर्ने काम भइरहेको शाखा प्रमुख रावतले बताए । कम क्षति पुगेका ठाउँमा ढलेका रुख हटाएर विद्युत सेवा पुनः सञ्चालन गरिए पनि राजपुर आसपास क्षेत्रमा धेरै क्षति पुगेका कारण सञ्चालनमा समस्या भएको बताए । 

विद्युत सेवा अवरुद्ध हुँदा बिहानैदेखि स्थानीय समस्यामा परेको राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले बताइन् । विद्युत नहुँदा वडा कार्यालयमा काम गर्नेदेखि साना व्यवसाय सञ्चालन र स्थानीयलाई मोवाइल चार्ज गर्न समस्या भएको बताइन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।