ताजा अपडेट »

पक्राउ परेका गाउँपालिका अध्यक्षको छोराको धम्कीले पीडित डोम परिवार विस्थापित

शनिबार, ०९ चैत्र २०८१, ११ : ३६
54 Shares
शनिबार, ०९ चैत्र २०८१
54 Shares

जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि उनका छोराले धाकधम्की दिएपछि पीडित दिपक मल्लिकको परिवार विस्थापित भएका छन् ।

महायज्ञ गर्ने नाममा अछुत भन्दै डोम समुदायका दिपकको घरमा डोजर लगाएर उठिबास गराएको घटनामा शुक्रवार साँझ सिरहा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका नेता दिलिप यादवलाई नियन्त्रणमा लिएको थियाे ।
गाउँपालिका अध्यक्ष यादव पक्राउ परेपछि उनका छोरा रुकेश यादवले केही महिलाहरुलाई लिएर दिपक बसोबास गर्ने स्थलमा पुगेर धम्की दिएको थियो । उनको धम्कीका कारण दिपकको परिवार विस्थापित भएका छन् ।
दिपक शुक्रवार राति औरही गाउँपालिका ४ स्थित दलित आयोगका पूर्व सदस्य कवुली पासवानको घरमा शरण लिन पुगे । अहिले पनि उनी पासवानकै घरमा छन् ।
उनले आफ्नो परिवार असुरक्षित बनेको भन्दै सुरक्षाको माग समेत गरेका छन् ।
गाउँपालिका अध्यक्ष पक्राउ परेको विरोधमा उनका समर्थकहरुले राति नै सिरहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय पुगेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा ढुङ्गामुडा गरेपछि उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।