ताजा अपडेट »

चीन र भारतबाट १८ करोड बराबरको पापड आयात

शनिबार, ०९ चैत्र २०८१, १२ : १६
42 Shares
शनिबार, ०९ चैत्र २०८१
42 Shares

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ को फागुन मसान्तसम्म (८ महिना) मा १८ करोड बराबरको पापड  आयात भएको छ । सो अवधिमा ७ लाख ८६ हजार ४५७ किलो पापड १८ करोड ८२ लाख ५४  हजार रुपैयाँ बराबरमा आयात भएको भन्सार विभागले जनाएको छ ।

यसमध्ये भारतबाट १८ करोड ८२ लाख ३५ हजार रुपैयाँको ७ लाख ८६ हजार ३१४ किलो पापड आयात भएको हो । यस्तै चीनबाट १८ हजार रुपैयाँ बराबरको १४३ किलो पापड आयात भएको  विभागको तथ्यांकमा उल्लेख छ ।

सो परिमाणमा पापड आयात हुँदा १० करोड १३ लाख ३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।