ताजा अपडेट »

तिलोत्तमालाई महिलामैत्री शहर बनाउन परियोजना

विहीबार, ०१ जेठ २०८२, ११ : ३८
36 Shares
विहीबार, ०१ जेठ २०८२
36 Shares

तिलोत्तमा  । रुपन्देहीको तिलोत्तमा नगरपालीकालाई महिलामैत्री शहर बनाउनका लागि युनोप्सले छनोट गरेको छ । देशैभरिका ७ पालीकालाई छानेर समुदायमा आधारित महिलामैत्री शहर बनाउने अवधारणा अनुसार परियोजनाले तिलोत्तमाका २ वडामा पुर्वाधार निर्माण बारे समुदायसंग छलफल र सम्भाव्यता अध्ययन गरेको हो ।

पालीकाको वडा न ४ सिमानगरमा र वडा न ९ को मंगलापुर मा हाटबजार सहित महिलामैत्री आराम गृह, शौचालय, बालबालीकाको खेल्ने स्थान, सबैको पहुंचयोग्य पैदल लेन, बगैंचा आदि निर्माण हुनेछ । उक्त स्थानमा महिलाले उत्पादन गरेर विक्रि गर्न मिल्ने खाद्य सामग्री तथा अन्य सामग्रीका लागि स्टल समेत निर्माण गरिने परियोजनाका कार्यक्रम विशेषज्ञ निलम धनुषेले बताइन ।

उनका अनुसार जुन स्थानमा उक्त पुर्वाधार बनाइन्छ, त्यसका लागि समुदायका महिला, पुरुष, युवा र बालबालिकासंग छलफल गरि उनीहरुले चाहेको पुर्व नक्शांकनमा आधारित संरचना बन्छ । प्राविधिक , जलवायुका हिसाबले के हुन्छ भन्ने सम्भावना हामीले हेर्छौं, उनले भनिन्, यसमा ३० प्रतिशत पालीकाको लगानी मिसिने भएकाले समुदायका मानिसको सहभागिता अनिवार्य रहन्छ । यो प्रकृयामा वडामा रहेको खुला स्थान पहिचान गरि त्यसमा संरचना बनाउन उपयुक्त छ वा छैन भन्ने अध्ययन गरिन्छ, उनले भनिन्, त्यसपश्चात एक चरणको सामुदायिक नक्शा कोरेर प्राविधिक रुपमा त्यसलाई नक्शांकन गरि पुर्वाधार बनाइन्छ ।

यस्तो परियोजनाले समतामुलक महिलामैत्री, लैंगिकमैत्री तिलोत्तमा नगर बनाउन सहयोग पुग्ने नगर प्रमुख रामकृष्ण खांणले बताए । उनले देशभरिबाट तिलोत्तमालाई पनि छनोटमा पारेर परियोजनाले पुर्वाधार निर्माण गरिदिने कार्य खुसीयोग्य भएकाले यसमा नगरपालीकाले लगानी गर्न र युनोप्ससंग साझेदारी भुमिका खेल्न तयार रहेको जनाए । उनले यो साझेदारीले नेपालमा लैंगिक समानता र महिला सशक्तिकरणका लागि नयां मिसाल कायम गर्ने अपेक्षा गरेको बताए ।

यस परियोजनाका लागि ३ वर्ष समय अवधी तोकिएको छ । पहिलो चरणको काम सफल भए अन्य वडामा समेत नकशांकन गरिने युनोप्सका आर्किटेक्ट मनिषा कार्कीले जनाइन् । यो पहल महिला, बालबालिका तथा सामाजिक रूपले पिछडिएका समुदायका लागि सुरक्षित, समावेशी र सुविधाजनक नगरपालिका निर्माण गर्ने उद्देश्यले गरिएको उनको भनाई छ ।

  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।