ताजा अपडेट »

लुम्बिनी बाणिज्य क्याम्पसमा स्टारअफ कन्फ्रेन्स सम्पन्न

विहीबार, ०१ जेठ २०८२, १५ : ३०
18 Shares
विहीबार, ०१ जेठ २०८२
18 Shares

बुटवल । लुम्बिनी बाणिज्य क्याम्पस बुटवलको त्तयोजनामा बुधबार ‘एलबीसी स्टारअफ कन्फ्रेन्स २०२५' सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले अवको युवा स्टार्टपमा उत्साहित हुनुपर्ने बताए ।

उनले यस्ता प्रकृतिका कार्यक्रमले युवा उद्यमी उत्पादन हुने अपेक्षा ब्यक्त गरे । अबको युवा भनेको पहिलादेखि नै कर्मसँग जोड्नुपर्ने बताए । उनले विद्यार्थीहरुले उच्च शिक्षा पढ्दादेखि नै योजना बनाउनुपर्नेमा जोड दिए । मानिसमा सफल हुनको लागि धेर्यता, लगनशीलता, ईच्छाशक्तिहुन आवश्यक रहेको बताउँदै उनले यसको लागि विद्यार्थीहरुमा व्यवसायीक सोँच आवश्यक रहेको बताए । उनले भने-‘ व्यसायिक बन्नको लागि सबैभन्दा पहिला योजना बनाउनुपर्दछ, जसले भविष्यमा समेत राम्रो बनाउनको लागि सहयोग गर्दछ ।’  कार्यक्रममा बोल्दै औद्योगिक बिकास प्रतिष्ठानका प्रमुख कार्यकारिणी अधिकृत उमेश कुमार गुप्ताले कुनै पनि व्यवसाय अहिलेको अवस्थामा आउनको लागि विगतको संघर्षबाट धेरै सिक्नुपर्ने बताए । उनले व्यवसायी अहिलेको अवस्थामा आउनको लागि विगतको धेरै मिहिनेतको फल भएको बताए । उनले व्यवसाय स्थापनाको लागि स-साना पुँजीले नै ठूलो अर्थ राख्ने भन्दै व्यवसायीक सफलताको लागि मिहिनेत नै पहिलो आधारशिला भएको बताए ।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाल श्रेष्ठले बोल्दै सामुदायिक क्याम्पसको बिकासका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । यस्तै क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले विद्यार्थीहरुको सफलातको लागि विद्यालय प्रशासन, प्रध्यापकबाट ठूलो मिहिनेत गर्दै आएको बताउँदै उत्कृष्ट नतिजाको लागि सबैजनाले सहयोग गर्नुपर्ने धारणा राखे । विद्यार्थीहरुको उद्यमशिलता प्रवर्द्धनको लागि कार्य गर्दै आएको बताउँदै उनले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा प्यानल डिस्कसन समेत गरिएको थियो । जसमा चौधरी फाउन्डेसनको चिफ अप्रेटिङ्ग अफिसर मेरिना रञ्जित, स्कील ल्याब नेपालका सिईयो नन्दा किशोर मण्डल, लुम्बिनी बाणिज्य क्याम्पस एल्मुनाई एशोसीएसनका प्रमुख अनिल कुमार श्रेष्ठको सहभागीता रहेको थियो । बैंकर्स तथा बाणिज्य क्याम्पसका एल्मुनाई सदस्य अर्जुन ज्ञवालीले सहजिकरण गरेका थिए । यस्तै कार्यक्रममा ई ड्राईभ लुम्बिनीका फाउन्डर राज कुमार गुप्ता, गाउँको ईको घरका सञ्चालक समुन्द्र घिमिरेले उत्प्रेरणामुलक प्रस्तुती प्रदान गर्नुको साथै विद्यार्थीहरुसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका थिए ।

क्याम्पसपका सहकाय क्याम्पस प्रमुख पुनाराम पोखरेले क्याम्पसको विविध विषयमा प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण मुकुन्द ज्ञवालीले गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।