ताजा अपडेट »

महिला विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई ६ विकेटले हरायो

विहीबार, ०१ जेठ २०८२, १६ : १६
70 Shares
विहीबार, ०१ जेठ २०८२
70 Shares

 


काठमाडौं ।  थाइल्याण्डमा जारी आईसीसी महिला टी(२० विश्वकप एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले बहराइनमाथी ६ विकेटको जित निकालेको छ । तेरथाइ क्रिकेट ग्राउण्डमा बहराइनले दिएको ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै पूरा गर्‍यो ।
नेपालका लागि कप्तान इन्दु बर्माले ७ बलमा अविजित २४ रन बनाइन् । पुजा महतोले ११ बलमा १४ रनको योगदान दिइन् । यसअघि पहिला ब्याटिङ गरेको बहराइनले १२ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन बनाउदा वर्षा भएको थियो ।

लामो समय वर्षाका कारण खेल रोकिएपछि डिएलएसका आधारमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।