बुटवल । नेकपा (एमाले) का लुम्बिनी प्रदेशसभाका सांसद विष्णु पन्थीले धरौटी दाखिला गरेको भन्दै मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी बमोजिम नगर्न जिल्ला प्रहरी कार्यालय काठमाडौँलाई पत्राचार गरेको छ । पन्थीले बुधबार जिल्ला अदालत मोरङमा धरौटी दाखिला गरेका हुन् ।
पन्थीका साथै सोही मुद्दामा पक्राउ पुर्जी जारी भएका गौतमबुद्ध हाइड्रो पावर प्रा।लि। काठमाडौँका सञ्चालक देवराज खनाललाई पनि पक्राउ नगर्न अदालतले पत्र पठाएको हो ।
‘उपर्युक्त सम्बन्धमा वादी श्याम राठी प्रतिवादी गौतमबद्ध हाइड्रोपावर प्रा।लि। समेत भएको व्यापारिक लेनदेन बिगो मुद्दामा यस अदालतबाट मिति २०८१/०१/३१ मा भएको आदेशअनुसार प्रस्तुत मुद्दामा वादीले पाउने गरी फैसलाले ठहर भएको बिगो रकम प्रतिवादीले यस अदालतमा मिति २०८१/१/३१ मा धरौटीमा दाखिला गरिसकेको हुँदा यस अदालतको च।नं। ३०१६ मिति २०८१।०३।१२ गतेको पत्र बमोजिम तपसिल बमोजिमका प्रतिवादीहरूलाई पक्राउ नगर्नु, नगराउनु हुन अनुरोध छ,’ अदालतले द्वय पन्थी र खनालको नाम उल्लेख गरेर जिल्ला प्रहरी कार्यालय काठमाडौँमा पठाएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया