ताजा अपडेट »

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड

बुधबार, ३१ बैशाख २०८२, १८ : ३०
20 Shares
बुधबार, ३१ बैशाख २०८२
20 Shares

बारा । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।  

कलैयामा निर्माण भएको प्रादेशिक अस्पतालको ब्लड बैंक  भवन उद्घाटन गर्दै उनले स्वास्थ्य सेवा मौलिक हक भएकाले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रवाहमा कुनै कमजोरी नगर्न चिकित्सकहरूलाई निर्देशन दिए ।  

ब्लड बैंकले यस क्षेत्रको बिरामीहरूलाई समयमा रगत उपलब्ध गराई जीवन बचाउनमा ठूलो सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गर्नुभयो । “स्वास्थ्य, स्वस्थ्कर वातावरण स्वस्थ जीवनको आधार हो,” उनले भने ।   

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गरी मुलकमा स्थायी शान्ति, सुशासन कायम गर्न र विकास एवम् समृद्धिका लागि सबै नेपालीहरू एक जुट हुनुको विकल्प नरहेको उनले बताए ।  

कार्यक्रममा मधेस –प्रदेश सरकारका स्वास्थ्यमन्त्री शत्रुधन महतो, संविधानसभा सदस्य प्रमोद गुप्ता, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, छाया परियोजनाका कार्यकारी निर्देशक कमल थापालगायतले आफनो विचार व्यक्त गरेका थिए ।

रु एक करोड १० लाखमा एक हजार बढी ब्लडको पोका अट्ने सो भवनको निर्माण छाया नेपाल नामक संस्थाको ८० प्रतिशत र अस्पतालको २० प्रतिशत लगानीमा निर्माण गरिएको हो ।

उपराष्ट्रपति यादवले एक पाउण्ड रक्तदानसमेत गरेका थिए । सो अवसरमा संविधानसभाका सदस्य प्रमोद गुप्ताले पनि रक्तदान गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।