तिलोत्तमा । राष्ट्रिय अभिभावक संघ तिलोत्तमाको आयोजनामा शैक्षिक सधारका लागि सरकोरवालासंग अन्तरक्रिया गरिएको छ । बुधवार आयोजित उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खांणले शिक्षामा सुधार र विकासका लागि तिलोत्तमाले ठुलो लगानी गरिरहेको बताए ।
उनले विद्यार्थीलाई विद्यालय जानबाट बन्चित हुन नपरोस् भन्ने उद्धेश्यले मेयर छात्रवृत्ति कोष, कक्षासम्म्का बालबालीकालाई २५ रुपैयांका दरले खाजा सुविधा प्रदान गरिरहेको जनाए । शिक्षा सुधारका लागि बालबालीका स्वयं र अभिभावक संगै शिक्षकको भुमिका महत्वपुर्ण हुन्छ, उनले भने, घडी हेरेर पढाउने वातावरण शिक्षकले बन्द गर्नुपर्छ, अभिभावकले बालबालीकालाई समय दिनुपर्छ, पालीकाले लगानी गर्ने कुरामा पछि परेको छैन, सबैको प्रयास जरुरी छ ।
त्यस्तै, जिल्ला अभिभावक संघ रुपन्देहीका अधयक्ष भोजबहादुर बुढाथोकीले प्रविधियुक्त समाज निर्माणले बालबालीकाको पढ्ने शैलीमा परिवर्तन आएको बताए । उनले प्रविधिमैत्री अध्यापन, बालबालीकाको संवार्णिक विकासका लागि विद्यालय, शिक्षक , अभिभावक र सरकारले सोंच्नुपर्ने बेला आएको जनाए ।
हाम्रो सामुदायिक विद्यालयमा अधययनरत बाुनानीको शैक्षिक विकास निजीको तुलनामा पछाडि रहेको स्वीकार्नैपर्छ, उनले भने, हामीलाई प्रविधिका सामग्री, शिक्षकलाई उही अनुसारको तालिम दिएर अघि बढ्न सकियो भने पढाईको गति सुध्रिंदै जान्छ ।
कार्यक्रममा बालबालीकाको शिक्षा सुधारका लागि कस्ता उपाय अपनाउनुपर्छ भन्ने विषयमा प्रशिक्षक चन्द्र अधिकारीले प्रस्तुती दिएका थिए । उनले शिक्षा सुधार सामान्य विषय नभएकाले यसमा सबै तहको उत्तीकै भुमिका रहने बताए । अन्तरक्रिया कार्यक्रममा नगरभित्रका २ सय बढी अभिभावक, शिक्षक, सरोकारवालाको सहभागिता रहेको थिया् ।
प्रतिक्रिया