काठमाडौँ । मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसदबाट निलम्बित भएका हुन् ।
भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।
बस्नेत २०७९ मा भएको निर्वाचनमा सिन्धुपाल्चोक–२ का प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद हुन् ।
प्रतिक्रिया