ताजा अपडेट »

धनगढीबाट काठमाडौंका लागि उडेको जहाज भैरहवा अवतरण

विहीबार, १५ चैत्र २०८०, १२ : ४६
412 Shares

बुटवल । भिजिविलिटी कम भएपछि विहिबार विहान धनगढीबाट काठमाडौंका लागि उडेको जहाज भैरहवा अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको श्री एयरको जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

७७ जना यात्रुसहित बिहान ७ बजेर १२ मिनेटमा धनगढी विमानस्थलबाट जहाज उडेको थियो। श्री एयरलाइन्सका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीका अनुसार काठमाडौंको आकाश खुलेको सूचनापछि धनगढीबाट जहाज उडेको थियो। तर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न सकेन। मौसम बिग्रिएपछि जहाजलाई आकासमै होल्ड गरिएको थियो।

केही समयपछि जहाजलाई भैरहवा विमानस्थलमा अवतरण गरिएको उनले बताए। जहाज बिहान ९ बजेर ३४ मिनेटमा भैरहवास्थित विमानस्थलमा अवतरण गरेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।