ताजा अपडेट »

बुटवलको बागेश्वरीमा ‘कोही किन बर्बाद होस्’ नाटक मञ्चन हुँदै

शुक्रबार, ०४ फागुन २०८०, १७ : ०७
94 Shares

बुटवल । बुटवलमा फागुन ६ गतेदेखि १५ गतेसम्म ‘कोही किन बर्बाद होस’ नाटक मञ्चन हुने भएको छ। द नेक्स्ट लेभल प्रोडक्सनको ब्यानरमा बाल मनोविज्ञानमा आधारित नाटक कोहि किन बर्बाद होस मञ्चन हुन लागेको हो।

बागेश्वरी संगीतालयमा नाटक मञ्चन हुने छ। गुरुकुलका कलाकार राजकुमार पुडासैनीले नाटक अभियान अन्तरगतको कार्यक्रम भएको बताए। बिजय मल्ल र गोपाल प्रसाद रिमालले लेखेको बाल मनोविज्ञानमा आधारित नाटकमा बालकको हुर्काई प्रक्रियाका जटिलता, त्यसलाइ चिर्दै कसरी मद्दत गर्ने भन्ने कुरालाई यश नाटकमा देखाईने बताए।

निर्देशक अश्विन केसीले अभिभावकले बच्चालाई समय दिन नसक्दा देखिएका समस्या आउन नदिको लागि नाटक महत्त्वपूर्ण रहने उल्लेख गरे। सांगीतिक नाटकको रुपमा यसलाई मञ्चन गरिने बताए। साढे १ घण्टाको कोहि किन बर्बाद होस नाटक टिममा १५ जना कलाकारको प्रस्तुती रहेको छ । हरेक दिन बिहान साढे ११ बजे, दिउँसो साढे २ बजे र साझ ५ बजे गरि तीन शो मा मञ्चन हुने निर्देशक केसीले जानकारी दिए।

अहिले स्कुल तथा कलेजका विद्यार्थीगरुलाई लक्षित गर्दै आयोजना हुन लागेकी यस नाटकमा प्रतिब्यक्ती २५० र विद्यार्थीलाई १५० रुपैयाँ टिकट तोकिएको बताए। उनले ५० विद्यालयमा कुरा गरेको बताउदै धेरै भन्दा धेरै लाई सहभागी गराउने योजना रहेको बताए।

बागेश्वरी संगितालयका ब्यवस्थापक दर्पण शेर्पाले यसअघि पिंजडा र बहुला काजिको सपना गरी दुई नाटक मञ्चन भईसकेको बताए। सह निर्देशक प्रदीप एडि, लक्की दिपक, समुन्द्र घिमिरे, टिएनएल प्रोडक्सनका शिव रिजाल, प्रोडक्सन म्यानेजर प्रदीप थापा क्षेत्री, कलाकारहरु स्वीकृति रेग्मी, स्नेहा पाण्डे, अनिल घिमिरे, अभिशेक गैरे, निशान थापा लगायत नाटक बारे चर्चा गर्दै दर्शकको माया पाउने विश्वा व्यक्त गरे । नाटकको साढे ३ लाख तयारी खर्च लागेको बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।