ताजा अपडेट »

बुटवलमा एक चिहान नाटकको मञ्चन हुने

सोमबार, २९ माघ २०८०, १९ : १०
38 Shares

बुटवल । बुटवलमा एक चिहान नाटकको मञ्चन हुने भएको छ । बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यहि फागुन ३,४ र ५ गते  एक चिहान नाटकको मञ्चन हुन लागेको हो ।

हृदय चन्द्र सिंह प्रधानको लेखन रहेको नाटकको निर्देशन नकुल पौडेलको रहेको छ । बुटवल ८ सुख्खानगर रहेको रागश्री संगीतालयको आयोजनामा हुन लागेको मञ्चनको तयारी पुरा भएको संगीतालयका व्यवस्थापक सुरेश सेञ्चुरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । कक्षा  १२ को कोर्षमा एक चिहान रहेकाले १२ कक्षाका विद्यार्थीलाई लक्षित गरि नाटक मन्चन गर्न लागिएको उनले बताए ।

काठमाडौंमा आउने ११ जना र स्थानिय ५ कलाकार गरी नाटकमा कुल १६ कलाकारले विभिन्न भुमिकामा नाटक खेल्नेछन् । कुल ९ लाख खर्च अनुमान गरिएको नाटक मञ्चन  विहान साढे ८ बजे, १ बजे र ३ बजे नाटक मञ्चन हुनेछ ।

 पत्रकार सम्मेलनमा कलाकार बावुराम घिमिरे, संगीतालयका सदस्य माधव भण्डारी लगाएतले बोल्दै मोफसलमा हुन थालेको बहुचर्चित नाटकलाई अवलोकनका लागि आउन आग्रह गरे। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।