ताजा अपडेट »

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

विहीबार, १८ माघ २०८०, १९ : १२
56 Shares

सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कुमाख गाउँपालिका(६ बडागाउँका १९ वर्षीय जनक विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।बागचौर नगरपालिका ८ कोटमोलाको भित्री सडक खण्डमा रा १ त ३८५७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार गोबर बोकेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको होे । दुर्घटनामा मृत्यु भएका विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।