ताजा अपडेट »

अपराजित रहँदै पुलिस क्लब पीएम कपको फाइनलमा

सोमबार, १५ माघ २०८०, १५ : ४९
58 Shares

काठमाडौ । नेपाल पुलिस क्लब जारी पीएम कपको फाइनलमा पुगेको छ । सोमबार नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेसँगै लगातार सातौं जितसहित फाइनलमा पुगेको हो । गण्डकी प्रदेशले दिएको १७१ रनको लक्ष्य पछाएको पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि गण्डकी प्रदेशले पहिला ब्याटिंग गर्दै ३८.३ ओभरमा अलआउट हुदै १७० रन बनाएको थियो । मौसम खराब हुदा यो खेल ४५-४५ ओभरमा खेलाइएको थियो । यो जितपछि पुलिस क्लबको ७ खेलमा १४ अंक भएको छ र अपराजित रहदै फाइनलको यात्रा सुनिश्चित गरेको छ । त्यसैगरी गण्डकी प्रदेशको भने छैटौं हार हो । गण्डकीको ८ खेलमा ४ अंकसहित अंक तालिकामा आठौँ स्थानमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।