ताजा अपडेट »

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

आइतबार, १४ माघ २०८०, १६ : ५४
214 Shares

धादिङ  । धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

गजुरी गाउँपालिका–६ जरेखेतस्थित सडकमा प्र.३–०३–००१ प २६३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पा सुनिल स्मृति गाउँपालिका–१ घोडागढीका १९ वर्षीय विशाल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८ मिटर तल खस्दा घाइते भएकाक मोटरसाइकल चालक केसीको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।