ताजा अपडेट »

बुटवलमा स्ट्रेन्थ लिफ्टीङ्ग विश्व च्याम्पियनसिपमा पदक जित्ने खेलाडीलाई सम्मान

आइतबार, १५ पुस २०८०, १० : ४०
63 Shares

बुटवल। १० औँ विश्व च्याम्पियनसिप आई बि पि तथा स्ट्रेन्थ लिफ्टीङ्ग प्रतियोगिता २०२३ का पदक बिजेता रुपन्देही र नवलपरासीका खेलाडिहरुलाई शनिबार बुटवलमा सम्मान गरिएको छ । बुटवल फिटनेस एण्ड जीम सेन्टर सुख्खानगरले पदक बिजेता खेलाडिहरु तथा अफिसियलहरुलाई सम्मान गरेको हो ।

प्रतियोगितामा स्वर्ण र रजत पदक सहित बुटवल १५ का दिलिप थापा क्षेत्री र स्वर्ण पदक सहित बुटवल ११ कि रिता श्रीपाली ले आफनो तौल समूहमा बिश्व किर्तिमान बनाएका थिए । आ आफनो तौल समूहमा नवलपरासीका मनोज चौधरीले स्वर्ण र रजत, नवलपरासीकै अरुण गिरीले रजत र कास्य , रोशनी डुम्रे ले रजत तथा नन्देश्वर सिंह र गोकर्ण के सी ले कास्य पदक प्राप्त गरको थिए । टिम प्रशिक्षकमा सुर्य भण्डारी , व्यबस्थापकमा नबराज डुम्रे र सहायक प्रशिक्षकमा निरुपममान श्रेष्ठ रहेका थिए।

पदक बिजेता खेलाडिहरु तथा अफिसियलहरुलाई फिटनेसनका सञ्चालक तथा नेपाल स्ट्रेन्थ लिफ्टीङ्ग संघका केन्द्रीय सदस्य बिजेन्द्रमान श्रेष्ठ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे , फिटनेसका सञ्चालक रोज महर्जन श्रेष्ठ र शारिरीक सुगठनका राष्ट्रिय खेलाडि सुनिल आले ले दोशल्ला र प्रमाणपत्र सहित सम्मान गरेको हो।

कार्यक्रममा बोल्दै नेपाल स्ट्रेन्थ लिफ्टीङ्ग संघका केन्द्रीय सदस्य बिजेन्द्रमान श्रेष्ठले खेलाडिहरुले आफनै खर्चमा देशको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनु पर्ने बिडम्वनापूर्ण अबस्था रहेको भन्दै खेलकुद क्षेत्रको बिकासका लागि स्थानीय , प्रदेश र केन्द्र सरकार गम्भीर बन्नुपर्ने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले खेलाडि भनेका देशकै गहना भएकाले खेलकुदको क्षेत्रमा लगानी बढाउदै खेलाडिहरुलाई खेल प्रति आकर्षित गर्नुपर्ने आवश्यकता रहेको बताए।

यूरोप, अमेरिका तथा एसियाका गरी १६ देशका ३०० भन्दा धेरै खेलाडिहरुले बिभिन्न तौल समूहमा सहभागिता जनाएको प्रतियोगिता पुषको २ देखि ५ गते सम्म भारतको हैदराबादमा सञ्चालन भएको थियो । प्रतियोगितामा नेपालले १६ स्वर्ण , १४ रजत र ४ कास्य पदक जित्दै दोश्रो स्थान प्राप्त गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।