ताजा अपडेट »

डलरसहित सबै विदेशी मुद्राको मूल्य घट्यो

बुधबार, ०१ फागुन २०७५, १२ : १३
6 Shares


फागुन १,

आज बुधबारको लागि नेपाल राष्टड्ढ बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरसहित केही विदेशी मुद्राको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४३ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकिएको छ ।

बुधबारको लागि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा तथा मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६६ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

यस्तै कुवेती दिनार १ को खरिददर ३७० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९३ पैसा तथा बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३०० रुपैयाँ ८७ पैसा छ ।

कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा तोकिएको छ । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केहि पैसा तलमाथि गरेर मूल्य ता्ेक्न सक्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।