ताजा अपडेट »

गठबन्धन सरकारलाई हेरिरहेका छाैं : कांग्रेस प्रवक्ता

बुधबार, २० पुस २०७९, १६ : १७
12 Shares

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको बताएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएकाे बताउँदै
अहिलेकाे गठबन्धन स्वाभाविक नभएको दाबी गरे ।

आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेकाे उनले बताए । उनले गठबन्धनको स्वरुपमा आशंका रहेकाे उल्लेख गर्दै कांग्रेस सशक्त प्रतिपक्षी बन्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।