ताजा अपडेट »

सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते

विहीबार, २२ मंसिर २०७९, १६ : ०७
17 Shares

तनहुँ ।  तनहुँमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । आँबुखैरनी गाउँपालिका-२ मार्की चोकमा बिहीबार भएको सवारी दुर्घटनामा स्याङ्जाको हरिनास गाउँपालिका-२ की ५५ वर्षीया लालुमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकाे जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । 

आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा३ख २७ १६ नम्बरको माइक्रो बस सोही दिशातर्फ जाँदै गरेको ना७ख २४७८ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो । घाइतेमध्ये एकजनाको चितवन कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । अन्य नाैजनाको तनहुँको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।