ताजा अपडेट »

सोमबार तीन सय रुपैयाँले घट्यो सुनको भाउ

सोमबार, १२ मंसिर २०७९, १२ : १२
24 Shares

काठमाडौं ।  सोमबार सुनको मूल्य प्रति तोला तीन सय रुपैयाँले घटेको छ । बिहीबारदेखि आइतबारसम्म स्थिर रहेको सुनको भाउ सोमबार आइपुग्दा घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ९७ हजार पाँच सय रुपैयाँमा किनबेच भएको छ । आइतबार यो ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

सुनसँगै चाँदी पनि सस्तिएको छ । आइतबारको तुलनामा चाँदी तोलामा १० रुपैयाँ सस्तो भएको हो । महासंघका अनुसार सोमबार चाँदी तोलामा एक हजार दुई सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार यसको मूल्य एक हजार दुई सय ९५ रुपैयाँ पुगेको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।