ताजा अपडेट »

समानुपातिकमा एमालेको मत २५ लाख नाघ्यो, काँग्रेसलाई २३ लाख ९० हजार

सोमबार, १२ मंसिर २०७९, ०८ : ०२
19 Shares

बुटवल । नेकपा एमालेको प्रतिनिधिसभा तर्फको समानुपातिक मत २५ लाख नाघेको छ । हालसम्म भएको मतगणना अनुसार एमालेले २५ लाख २२ हजार ७२० मत पाएको छ भने नेपाली कांग्रेसले २३ लाख ९० हजार ३२८ मत पाएको छ ।

तेस्रो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६० हजार ८८९ मत पाएको छ । नेकपा माओवादी केन्द्रले १० लाख ४५ हजार ९९७ मत पाएको छ ।

समानुपातिकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ४७०, जनता समाजवादी पार्टीले ३ लाख १९ हजार ४५०, जनमत पार्टीले २ लाख ५६ हजार३३, नेकपा एकीकृत समाजवादीले २ लाख ४९ हजार ११८ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९३३ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २६ हजार ४१ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार ७५१ मत, हाम्रो नेपाली पार्टीले ५२ हजार ८०८ मत, मंगोल नेसनल अर्गनाइजेसनले ४५ हजार ५०५, राष्ट्रिय जनमोर्चाले ४४ हजार ७९६ मत पाएका निर्वाचन आयोगले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।