ताजा अपडेट »

एमालेले आज हिरक जयन्ती मनाउने, पुर्व राष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरबको सम्मान गरिदैँ

सोमबार, १० बैशाख २०८१, ०६ : २८
94 Shares

काठमाडौं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवको आयोजना गर्दैँछ ।

सो अबसरमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान गर्ने भएको छ ।

शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिएको भोलीपल्ट एमालेले हिरक जयन्ती मनाउन लागेको हो ।

सो हिरक जयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाइ पनि बिशेष बक्ताको रूपमा आमन्त्रिण गरिएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।