ताजा अपडेट »

रुपन्देहीको सुद्धोधनमा मदिरासहितको पिकअप स्थानीयको नियन्त्रणमा (भिडियोसहित)

शुक्रबार, ०२ मंसिर २०७९, १४ : ४६
14 Shares

बुटवल । रुपन्देहीको सुद्धोधन गाउँपालिका स्थानीयले एक गाडीसहित मदिरा नियन्त्रणमा लिएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ अन्तरगत पर्ने सुद्धोधन–१ बलेवामा शुक्रबार दिउसो स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रनौंरा (मुर्गिया) का प्रमुख जिवन लामिछानेले बताए ।

स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएपछि आफूहरुलाई खबर गरे पनि सम्पूर्ण अनुसन्धन गरेर मात्रै त्यहाँबाट गाडी लैजान पाउने भन्दै स्थानीयले घेरा हालेपछि आवश्यक प्रक्रिया पुर्याउने घनेर गाडीलाई घटनास्थलमै छाडीएको लामिछानेले बताए । स्थानीयले एक युवाका अनुसार टाटाको पिकअप गाडीमा मतदातालाई प्रभावित पार्नेगरी नेपाली काँग्रेसका कार्यकर्ताले वितरण गर्न मदिरा हिँडालेका थिए । सुद्धोधन-१ का वडा सदस्य मुरलीधर लोनियाले आफैले गाडी चलाएको र स्थानीयले नियन्त्रणमा लिएपछि गाडी छाडेर भागेको घटनाका प्रत्यक्षदर्शीले बताए । लोनिया नेपाली काँग्रेसकोतर्फबाट गत बैशाख ३० गते सम्म स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए ।

प्रहरीले सम्बन्धित दोषीलाई छाडेर गाडीलाई मात्र नियन्त्रणमा लिने देखिएपछि सबै अनुसन्धान गर्नु पर्ने माग गर्दै स्थानीयले रोकेको प्रत्येक्षदर्शी विजय थापाले बताए । गाडीको नम्बर भने अगाडी पछाडी नै स्पष्ट नरहेको स्थानीयले बताए । ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।