ताजा अपडेट »

मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

सोमबार, २८ कार्तिक २०७९, १३ : २४
12 Shares

मोरङ । आफ्नै मामा पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ४२ वर्षीय काजी मोहराको दाउ प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनको भान्जालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–८ बस्ने २२ वर्षीय सुजन पाचकोटी रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

उर्लाबारी नगरपालिका–८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका काजी मोहरालाई घरायसी वादविवादको क्रममा सुजनले दाउ प्रहार गर्दा गम्भीर घाइते भएका थिए । उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । 

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।