ताजा अपडेट »

कपिलवस्तुमा २८ वर्षीया महिला बलात्कारको आरोपमा २० वर्षीय युवा पक्राउ

सोमबार, २१ कार्तिक २०७९, १३ : २२
19 Shares

कपिलवस्तु । कपिलवस्तुमा एक जना २८ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासी छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  

पासीले ती महिलालई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।