ताजा अपडेट »

गुल्मी हर्मिचौरका युवक कालीगण्डकीमा हाम फाले

शुक्रबार, १८ कार्तिक २०७९, १३ : २३
14 Shares

गुल्मी । गुल्मीको हर्मिचौर गाउँका एक युवक शुक्रबार दिउँसो कालिगण्डकी नदिमा हाम्फालेका छन् ।

प्रहरीका अनुसार कालिगण्डकी गाउँपालिका–१ मा पर्ने हर्मिचौरका ३५ बर्षीय टेकराजव पाण्डे कालिगण्डकी नदिको रेपका घाटको पक्की पुलबाट दिउँसो ११ बजेको समयमा हाम फालेका हुन ।

उनी हाम फालेको खबर प्राप्त हुन साथ प्रहरी परिचालन गरी खोजी कार्य सुरु गरेको र अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएपी माधवराज खरेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।