ताजा अपडेट »

भारतीय विष्फोटले नेपाली बालकको मृत्यु

शुक्रबार, ११ कार्तिक २०७९, १९ : २९
10 Shares

दार्चुला । व्यास गाउँपालिका-२ तम्बाकुमा एक बालकको भारतीय विष्फोटले मृत्यु भएको छ ।

भारतको लखिमपुरस्थित चट्टान फुटाउन प्रयोग गरिएको विष्फोटबाट उछुट्टिएको ढुङ्गा लागेर वडा नम्बर २ दुम्लिङका ९ वर्षीय पवन महराको मृत्यु भएको व्यास गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धिरनसिह बुढाथोकीले जानकारी दिनुभयो । ती बालक थि भन्ने ठाउँबाट कल्जुतर्फ आइरहेका थिए ।

वडाध्यक्ष बुढाथोकीका अनुसार आज बिहान १० बजेतिर बुवा हिक्मत महराका साथमा छोरा पवन र छोरी घरतर्फ आइरहेका थिए । भारततर्फ गर्ग एण्ड गर्ग कम्पनीले चट्टानी भूभाग फुटाल्न विष्फोट गराउँदा घटना घटेको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।