ताजा अपडेट »

रुपन्देहीमा कार्यरत ९ जना पत्रकार पुरस्कृत

आइतबार, ०६ कार्तिक २०७९, १३ : १२
10 Shares


बुटवल । रुपन्देहीमा कार्यरत ९ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले विभिन्न संस्थासंगको सहकार्यमा वितरण गर्दै आएको तीन विधाका पत्रकारिता पुरस्कार आइतबार महासंघ रुपन्देहीको ११ औं साधारण सभामा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

बुटवल उपमहानगरपालिकाद्वारा स्थापित उत्कृष्ट पत्रकारीता पुस्कार २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद आचार्य, २०७७ बाट रेखा भुसाल पुरस्कृत भएका हुन् ।

सिद्धार्थनगर नगरपालिकाद्वारा स्थापित उत्कृष्ट श्रमजिवि पत्रकारीता पुरस्कार नरेश केसी, प्रकाश न्यौपाने र प्रतीक पौडेल पुरस्कृत भए ।

बुटवल पब्लिकेशनद्वारा स्थापित उत्कृष्ट शैक्षिक पत्रकारीता पुस्कारबाट कपिल ज्ञावली, पुजा पन्थी र चन्द्रकान्त खनाल पुरस्कृत भए । कोरोनाका कारण दुई वर्षको पुरस्कार वितरण रोकिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।