ताजा अपडेट »

किभमा ड्रोनमार्फत् रुसी हमला

सोमबार, ३१ असोज २०७९, १२ : ३०
27 Shares

 काठमाडौ । युक्रेनको राजधानी किभमा ड्रोनबाट हमला भएको युक्रेनी राष्ट्रपतिका चिफ स्टाफ  एन्ड्रिया यरमार्कले बताएका छन् । राजधानीको मध्य शेभचेन्किभ्स्की जिल्लामा धेरै विस्फोटहरू सुनिएको बताइएको छ । विस्फोटको युक्रेनले निन्दा गरेको छ । ‘रुसीहरूले सोच्छन् कि यसले उनीहरूलाई मद्दत गर्नेछ, तर विस्फोटले उनीहरूको हतास मानसिकता देखाउँछ’, उनले सामाजिक सञ्जालमा लेखका छन् । 

स्थानीय समयअनुसार सोमबार बिहान  साढे ६ बजेदेखि ७ बजेको अवधिमा विस्फोटहरु भएका थिए । विस्फोट हुनुभन्दा अगाडि हवाई आक्रमणका साइरन बजेका थिए । एउटा विस्फोट सहरका मेयर भिटाली क्लिटस्चोकाले राजधानीको केन्द्रीय सिभचेनकिभस्काई जिल्लामा भएको बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।