ताजा अपडेट »

बागेश्वरी संगीतालयमा नवौँ राग मञ्जरी

शनिबार, २९ असोज २०७९, १७ : ५२
12 Shares

बुटवल । बागेश्वरी संगीतालयमा राग मञ्जरीको नवौँ श्रृंखला शनिबार सम्पन्न भएको छ । बागेश्वरी संगीतालयमा आवद्ध विद्यार्थीहरूको समूह वागेश्वरी म्यूजिक क्लबको आयोजनामा राग मञ्जरीको नवौँ श्रृंखला शनिबार सम्पन्न भएको हो । शास्त्रीय संगीतको महत्वलाई उजागर गर्ने उदेश्यले हरेक महिनाको अन्तिम शनिबार राग मञ्जरीको आयोजना हुँदै आएको छ ।

कार्यक्रमा स्वागत मन्तव्य व्यक्त गर्दै संगीतालयका सञ्चालक लाली श्रेष्ठले शास्त्रीय संगीतको महत्वलाई प्रकाश पारेकी थिइन् । राग मञ्जरीको नवौँ श्रृङखलामा चारवटा राग प्रस्तुत गरिएको थियो । जसमा संगीतालयका प्रशिक्षक गणेश गौतमले राग भैरवीको पहिलो प्रस्तुति प्रस्तुत गरेका थिए ।

त्यसैगरी संगितालयका मणिग्राम शाखाका विद्यार्थी अमित पाण्डेले दोस्रो प्रस्तुतिका रूपमा राग यमन प्रस्तुत गरेका थिए । त्यस्तै संगीतालयकी भूपू विद्यार्थी रूपा रौतारले तेस्रो प्रस्तुतिको रूपमा जैनपुरी राग प्रस्तुत गरेकी थिइन् । भने संगीतालयका प्रशिक्षक राजु नेपाली अन्तिम प्रस्तुतिका रूपमा तिलंग राग प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा शुभकामना मन्तव्य व्यक्त गर्दै रामचन्द्र श्रेष्ठले यस संगीतालयले दरबारमा मात्रै सिमित रहेको राग अर्थात् शास्त्रीय संगीतलाई वागेश्वरीले सबै जनताको माझमा ल्याएको बताउँदै बुटवललाई कलामय बनाएको बताए । जो कोहिले पनि शास्त्रीय संगीतलाई बुझ्न नसक्ने बताउँदै त्यसको लागि केही समय लाग्ने बताए ।

संगीतालयका विद्यार्थी अनुज गाहाले तबला र हार्माेनियममा प्रशिक्षक गणेश गौतमले साथ दिएका थिए । कार्यक्रमको समापन गर्दै संगीतालयका सञ्चालक सुरेश सेन्चुरीले नवौँ श्रृंखलासम्म आइपुग्दा विद्यार्थीहरूले शास्त्रीय संगीतमा राम्रो प्रगति गर्दै गइरहेको बताउँदै राग मञ्जरीको निरन्तरताले सांगीतिक क्षेत्रका व्यक्तित्वहरूबाट स्याबासी पाएको बताए ।

कार्यक्रममा सांगीतिक क्षेत्रका व्यक्ति , संगीतालयलाई माया गर्नेहरू , संगीतालयका प्रशिक्षकहरू , विद्यार्थी , अविभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रम संगीतालयका प्रशिक्षक भोजराज न्यौपानेले सञ्चालन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।