१६ मंसिर २०७९, शुक्रबार

Dec 2, 2022

सांकेतिक तस्वीर

गुल्मी । बाढी तथा पहिरोका कारण गुल्मीमा शुक्रबार छ घर परिवारका २० जना व्यक्ति विस्थापित बनेका छन् । विस्थापितले यतिबेला आफन्त र छिमेकीको घरमा आश्रय लिन बाध्य छन् । पहिरोले उनीहरु सबैजनाको घर तथा गोठमा क्षति पुर्‍याएको छ । 

Advertisement

विस्थापित हुने परिवारमा गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकाका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोका कारण गुल्मीदरबार गाउँपालिका–७ निवासी मानबहादुर विकको गोठ पुरिँदा भैँसी र बाख्रा मरेसँगै विकका चार जनाको परिवार विस्थापित बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए । 

त्यसैगरी पहिरोले गुल्मीदरबार–७ का केरसिंह कामी, सीता विक र चन्द्रकोट गाउँपालिका–४ डम्बरबहादुर सुवेदी, शान्ता नेपाली र विवा नेपालीको घर उच्च जोखिममा परेको छ । विस्थापित परिवारले तत्कालका लागि आफन्त र छिमेकीको घरमा आश्रय लिएको प्रहरीले जनाएको छ । 

बाढी र पहिरोको जोखिमका कारण विस्थापित बनेकाहरूलाई स्थानीय पालिकाको तर्फबाट पनि समन्वय गरी उनीहरूको व्यवस्थापनका लागि पहल गरिरहेको गुल्मी दरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताए । 

विस्थापितहरूलाई सुरक्षित आवासको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । लगातारको वर्षाका कारण जिल्लामा विस्थापित हुनेको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीको आकलन छ ।  -रासस

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार