२४ मंसिर २०७९, शनिबार

Dec 10, 2022

अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा रहेकाे डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गएकाे छ । दहमा डुवेका शितगंगा ३ दह निवासी ३७ वर्षिय खिम बहादुर नेपालीकाे घटनास्थलमै ज्यान गएकाे हाे ।

Advertisement

विहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाकाे प्रहरी टाेली र स्थानियले पानी मुनि हिलाेमा गडेकाे अवस्थामा उद्धार गरेका थिए ।

उद्धार गर्नासाथ नेपालीलाई उपचारकाे लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्याईएकाे छ । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घाेषणाकाे लागि भएपनि अन्यत्र पठाउने तयारी गरिएकाे छ ।

पानी मुनीबाट उद्धार गरिएका नेपालीकाे घटनास्थलमै ज्यान गएकाे ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक हाेमनाथ रेग्मीले बताए । “यहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घाेषणा नगरेसम्म मृत भन्न मिल्दैन” रेग्मीले भने “तर उहाँ जिवित भने हुनुहुन्न ।”

नेपालीकाे परिवारमा आमा, श्रीमती र दुई छाेरी छन् । श्रीमती भने राेजगारीकाे क्रममा भारतमा रहेकी छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने, ग्यास पाइप विस्तार गर्न परामर्श कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज हाेराइन जिबिएस स्कुल ड्राइभरटाेलमा डान्स आइकन र ट्यालेन्ट हन्ट तिलोत्तमामा जारी प्रथम टोल स्तरीय सेभेनए साइड फुटबलमा आज फाइनल खेल हुँदै महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा पाल्पामा भएको दुर्घटनामा रुपन्देहीका ३४ वर्षीय युवाको मृत्यु आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टीको सर्त राजधानीको विषयलाई लिएर राजनीति होइन प्रदेशसभाको निर्णय कार्यान्वयन गर्न सहयोग गर्नुहोस्: मुख्यमन्त्री केसी तिलोत्तमा मेला : कुस्तीमा नेपालकै पहलमान विजयी, शनिबारदेखि ब्याडमिन्टन प्रतियोगिता हुँदै राजनीतिले धरापमा पर्यो नेपालकको खेलकूद : केन्द्रिय उपाध्यक्ष श्रेष्ठ टरिगाउँ विमास्थलको डिपोमा हवाई इन्धन भरेको ६ महिनापछि रिफिल सेवा सञ्चालनको तयारी बुटवलमा सम्पन्न ११ औं एभरेष्ट वादविवादको उपाधि नव ज्योतिका पाठकलाई विश्वकपका अतिथिलाई खाना खुवाउँछन् नेपालका विनोद, धेरैको रोजाई माछा र तारेको आलु बुटवलको नरैनापुर विद्यालयमा शैक्षिक सुधारसँगै विद्यार्थीको आकर्षण तिलोत्तमा सहकारीद्वारा रक्तदान, ५२ यूनिट संकलन अन्तरविद्यालय क्रिकेटः लुम्बिनी र शान्ति नमूना फाइनलमा संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश राजनीतिक दलहरुले निर्वाचनमा महिलामाथि व्यापक विभेद् गरेः आयोग आर्थिक क्षेत्र चलायमान बनाउने नयाँ सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँण