ताजा अपडेट »

गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ

शुक्रबार, १४ असोज २०७९, १० : २८
15 Shares

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारमा लाल मोहम्मदको गोली हानेर हत्या गरेकाे घटनामा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पर्साको वीरगन्जलगायत स्थानबाट २ पुरुष र एक महिलालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उनीहरुको परिचय गोप्य राखिएको छ ।  आरोपीहरु पक्राउबारे जानकारी दिन जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । 

असोज ३ गते सोमबार साँझ मोहम्मदकै घर अगाडिको बीच सडकमा गोली प्रहार भएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो । मोहम्मद गोठाटारमा गार्मेन्ट व्यवसाय गरिरहेका थिए ।  उनी २०६४ सालमा हत्या आरोपमा मोहम्मद पक्राउ परेका थिए । यस घटनामा संलग्न भएको आरोपमा उनी १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए ।

उनको हत्यामा भारतीय अपराधिक समूहको संलग्नता हुन सक्ने आशंका गरिँदै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।