१९ मंसिर २०७९, सोमबार

Dec 5, 2022

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाले सडक किनारमा राख्ने अव्यवस्थित ठेला हटाउने भएको छ । देशव्यापी रुपमा सडक अतिक्रमण गरी राखिएका ठेलाहरु हटाउने अभियान सुरु भएपछि देवदह नगरपालिकाले पनि आफ्नो कार्यक्षेत्र भित्र रहेको मुख्य सडकको (हाइवे) ८२ फुट भित्र रहेको ठेलाहरु हटाउने निर्णय कार्यपालिका बैठकले गरेको नगरप्रमुख धुब्र खरेलले जानकारी दिए ।

Advertisement

‘हामी एकै पटक एक्सनमा जाँदैनौं । सुरुमा व्यापारी र व्यवसायीक संघ संस्थाहरुसंग छलफल गरेपछि संरचना हटाउने छौ । त्यसका लागि केही समय लाग्छ ।’ नगरप्रमुख खरेलले भने । सडक किनारमा रहेका ठेला, निर्माण सामाग्री सहित सडक भित्र रहेका सवैप्रकारका सामाग्री हटाउन व्यवसायीहरु संग छलफल गरेर सूचना प्रकाशित गर्ने उनले बताए ।

पैदलयात्रीका लागि छुटटाइएको फुटपाथमा समेत व्यापारीहरुले व्यापार गर्ने गरेको गुनासो बढेपछि नगरपालिकाको कार्यपालिकाको बैठकबाट त्यस्ता ठेला र संरचना हटाउने निर्णय भएको नगरप्रमुख खरेलको भनाई छ । ‘बुटवल नारायण सडक आयोजनाले निर्माण बिस्तार गर्ने क्रममा रहेको छ । चाडपर्वमा सडकमा भिडभाड, सडकनै कुरुप र दुर्घटनाको जोखिम रहेको हुँदा व्यवसायीलाई सडक खाली गर्न हामीले अनुरोध गरेका छौ । नगरपालिकाको निर्णय कार्यान्वयनमा नगरबासी जवाफदेही बन्नुपर्छ । उहांहरुलाई हाम्रो विनम्रताका साथ अनुरोध छ कि तपाईहरुले सडक खाली गरिदिनुहोस ।’

त्यस्तै कार्यपालिकाको बैठकले १० गते नगरअस्पतालको उद्घाटन गर्ने पनि निर्णय गरेको छ । अस्पतालकै लागि भनेर निर्माण गरिएको भवन अझै पुरा नभएकाले खैरेनीमा रहेको स्वास्थ्य चौकीबाट १० बेडको अस्पताल शुभारम्भ गर्न लागिएको उनले बताए । नयाँ भवन निर्माण सम्पन्न भएपछि भने विशेषज्ञ चिकित्सक सहित १५ बेडमा अस्पताल सुरु हुनेछ । बैठकले ११ सदस्यीय नगर अस्पताल संचालन तथा ब्यवस्थापन समिती गठन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश लैंगिक हिंसा विरुद्धको अभियान : लेडी लायन्सद्वारा विद्यार्थीलाई व्यक्तित्व बिकास तालिम तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती अन्तर विद्यालय टी-२० क्रिकेट : सोमबारको खेलमा होराइजन र जेसिज विजयी भैरहवामा मँगलबारदेखि १९ औं सामुहिक खेलकुद महोत्सव, १८ विद्यालय सहभागी हुँदै खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै सत्तागठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरू निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना सडक र धार्मिक पर्यटन प्रबर्द्धनमा रुरुक्षेत्र गाउँपालिका–१ को जोड नवलपरासीमा ४५ प्रतिशतले बढ्यो धान उत्पादन दुर्घटनामा घाइते भएका माझीको मृत्यु भएपछि सडकमै शव राखेर प्रदर्शन समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो दुईवटा किविको बोटबाट वार्षिक ८० हजार सत्ता गठबन्धनमा जसपा फेरि सामेल हुन लागेको हो ?