ताजा अपडेट »

कृषि मेला–२०७५ःकृषिमा लगानी तथा बिमा सम्बन्धी अन्तरक्रिया

मंगलबार, २२ माघ २०७५, १४ : २०
8 Shares

लगानी कागजबाट आफ्ना खेत–गोठसम्म पुर्याउन किसानले आग्रह


माघ २२,
बुटवल । सरकारले कृषि क्षेत्रमा दिने अनुदान र बैक तथा बित्तिय सस्थाले गर्ने लगानी कागजबाट आफ्ना खेत गोठसम्म पुर्याउन किसानले आग्रह गरेका छन् ।बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ बुटवलमण्डपमा जारी कृषि मेलाका अवसरमा आज मंगलवार मेला परिसरमा आयोजित कृषिमा लगानी तथा बिमा सम्वन्धी अन्तरक्रियाका सहभागिहरुले सरकारको अनुदान, बैकको लगानी र बीमाको क्षतिपुर्ति सम्वन्धित कार्यालयको टेवल र फाइलमा मात्र सिमित भएको गुनासो गरेका हुन ।


उनीहरुले कागजतको अनुदान, लगानी र बिमाले आफुहरुले भोग्नु परेका समस्या समाधान नहुने भन्दै कृषिका योजना र कार्यक्रम आफना खेत र गोठ केन्द्रित गर्न सुझाव दिएका छन ।रोल्पाका किसान गंगाराम केसीले कागजमा किसानले धेरै राहत र सुबिधा पाएपनि व्यवहारमा निकै कठिन भएको बताउनु भयो । उहाले भन्नुभयो मैले बार्षिक १० लाख रुपैयासम्म्को स्याउ उत्पादन गर्छु बजारको समस्या त छ नै त्यसमा बैकको लगानी र बिमाको कार्यक्रम कहा छ हामीलाई हुदैन ।
अर्घाखाँचीका किसान तुल्सीराम अधिकारीले बिदेशबाट मल बिउ बिजनसंगै कृषिमा बिभिन्न रोग भित्र्याईरहेको बताउनु भयो । उहाले कागजको अनुदानलाई किसानका गोठ र खेतमा पुर्याउन आग्रह गर्नुभयो ।


गुल्मीका किसान कृष्ण प्रसाद ज्ञवालीले सरकारले किसानको उत्पादन र पशुको बिमालाई प्राथमिकतामा राखेपनि व्यवहारमा बिमा कम्पनीहरु किसानका घर गोठसम्म पुग्न नसकेको बताउनु भयो ।
कार्यक्रममा साइन रेसुङ्गा डेभलपमेण्ट बैकका उप महाप्रवन्धक लोकराज पनेरुले नेपाल सरकार र नेपाल राष्ट बैकले कृषि क्षेत्रमा लगानीका लागि बैक तथा बित्तिय सस्थालाई अनिवार्य लगानीको व्यवस्था र अहिलेको अवस्थाका सम्वनधमा र सिद्धार्थ इन्सोरेन्स बुटवलका कृषि बिमा अधिकृत गौतम प्रसाद सापकोटाले कृषि बिमा क्षेत्रमा सरकारले गरेको व्यवस्था र किसाले पाउने अनुदानका सम्वन्धमा छुट्टाछुट्टै कार्यपत्र पेश गर्नु भएको थियो ।


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका पु्र्वअध्यक्ष जीवन प्रसाद वझाले कृषि क्षेत्रको उन्नतीका लागि सरकार र निजि क्षेत्र मिलेर कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भयो ।
उहाले कृषिको आधुनिकिकरण र व्यवसायीकरण बिना नेपालको दीगो बिकासको सम्भव नरहेको बताउनु भयो ।


संघका अध्यक्ष तथा मेलाका संयोजक खिम बहादुर हमालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नम्वर ५ को कृषि बिकास निर्देशनालयका बरिष्ठ अधिकृत दिपक भट्टराई, बाकेका बरिष्ठ कृषि बिकास अधिकृत पुष्पराज बेल्वासे, कृषि उद्यम केन्द्र अर्धाखाचीका व्यवसाय सल्लाहकार बावुराम चुदाली, श्रोत व्यक्ति बिदुर ज्ञवाली,त्रम्यकम जडिबुटी उद्योगका सञ्चालक रमेश पौडेल, गुल्मिका किसान लक्ष्मि कुमार धिताल , गुप्ता नर्सरीका सञ्चालक शम्भु गुप्ता, कार्यक्रम संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सञ्जय जयसवाल, गोबिन्द पाण्डे लगायतले बोल्नु भएको थियो ।


प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा जारी मेलामा आज मंगलवार नै बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार बिषयमा अन्तर बिद्यालयस्तरीय स्थलगत कबिता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा न्यु होराइजनका प्रवेश आचार्य प्रथम, एभरेष्ट माबिका एशिना पन्थी द्धितिय र दुर्गा शैक्षिक गृहका रक्षा भण्डारी तृतिय भएका छन । बिजयीहरुलाई क्रमश ५ हजार, ३ हजार र २ हजार नगद सहित पुरस्कृत गरीएको सास्कृतिक कार्यक्रमका संयोजक टंक प्रसाद गैरेले जानकारी दिनुभयो । प्रतियोगितामा प्राध्यापक दिल शाहनी र डा. प्राध्यापक हिरण्य ज्ञवालीले निणर्यकको भुमिका निर्वाह गर्नु भएको थियो ।


मेलाकै अवसरमा भोली बुधवार पनि क्याम्पसस्तरीय बक्तृत्वकला प्रतियोगिता र कृषि व्यवसायीकरणका लागि संरक्षित कृषि प्रबिधि कार्यक्रम बिषयक गोष्ठी हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।