९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

फाइल तस्वीर

धनुषा। भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक भदौ ११ गते जनकपुरधाम आउन लागेको छ ।

Advertisement

जयनगर–जनकपुर–कुर्था रेलमार्गमा नियमित रेलसेवा सञ्चालन भएपछि पहिलो पटक गत असार ९ गते करिब छ सयको सङ्ख्यामा भारतीय पर्यटक बोकेर आएको ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक पनि ठूलो सङ्ख्यामा भारतीय पर्यटक लिएर आउन लागेको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाको पहलमा रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलसेवामार्फत भारतीय धार्मिक पर्यटक दोस्रो पटक जनकपुरधाम आउन लागेका हुन् ।

भारतको राजधानी नयाँ दिल्लीलगायतका सहरबाट भारतीय पर्यटकलाई जनकपुरधामसम्मको यात्रा गराउने आफ्नो निरन्तरको पहलमा दोस्रो पटक भदौ ११ गते शनिबार ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउन लागेको महाप्रबन्धक झाले जानकारी दिए ।

“पहिलो पटक जस्तै दोस्रो पटक पनि भारत गौरव पर्यटक रेल ठूलो सङ्ख्यामा भारतीय पर्यटकलाई लिएर आउने निश्चित भएको छ”, महाप्रबन्धक झाले भने, “हामी पर्यटकको स्वागतको तयारीमा जुटेका छौँ ।

अघिल्लो पटक जस्तै हामी भारतीय पर्यटकलाई भव्य स्वागत गर्छौँ ।” सो रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताए ।

भारतीय राजदूतावासको समन्वयमा आउन लागेको सो ‘भारत गौरव पर्यटक रेल’मा करिब छ सयको सङ्ख्यामा भारतीय पर्यटक बोकेर आउने र सो दिन पर्यटकले जनकपुरधामको विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको महाप्रबन्धक झाको कथन छ ।

उक्त रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरूपी झल्को देख्न सकिने चित्र राखिएको छ ।

युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदास्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भूत रचनालाई प्रवद्र्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगलकालीन प्राचीन संरचनालगायत गुजरातमा अवस्थित स्टैच्यु अफ युनिटी, दिल्लीमा रहेको नेशनल बार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्विरले सजाइएको जनाएको छ ।-

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण