ताजा अपडेट »

नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ

बुधबार, ०१ भदौ २०७९, १९ : ५९
13 Shares

परासी । पश्चिम नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादीहरुलाई पक्राउ गरीएकोे छ । जिल्ला अदालतबाट फैसला भएका बहुविवाह, चोरी, गाली बेईज्जती, लागु औषध, सवारी ज्यानका मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

जिल्लाको पाल्हिनन्दन गाउँपालिकाबाट ५ जना र रामग्राम नगरपालिकाबाट २ जना गरी ७ जनालाई पक्राउ गरीएको डिएसपी पाण्डेयेले बताए । पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ६ का बहुविवाह मुद्धाका फरार राजेश सिंहलाई ५ हजार जरिवाना र ११ महिना १४ दिन कारवाहीको फैसला भएको छ । यस्तै पाल्हिनन्दन ६ कै चोरी मुद्धाका फरार रोहित हरिजनलाई २ लाख ६५ हजार ९ सय जरिवाना सहित एक महिनाको कैद सजायको फैसला भएको छ ।

पाल्हिनन्दन ६ कै गाली बेईज्जती मुद्धाका फरार पारस भर, माधव भर र रोगी भरलाई २२ रुपैया जरिवाना सहित फैसला भएकोमा फरार भएका थिए । यस्तै रामग्राम नगरापलिका वडा नम्बर १६ का लागु औषध मुद्धाका फरार पन्नालाल यादवलाई ७ हजार ५ सय जरिवाना तोकिएको थियो ।

रामग्राम १६ कै सवारी ज्यान मुद्धाका फरार प्रमोद राजभर दुई हजार जरिवाना तोकिएको छ । फरार सातै जना प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानीका लागि आज जिल्ला अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।