९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

तिलोत्तमा । रोट्रयाक्ट क्लब अफ कोटिहवा रुपन्देहीले एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सो शिविरबाट ३ सय ६८ जना वृद्धवद्धा तथा युवा–युवतीले सेवा लिएका छन् ।

Advertisement

वृद्धवृद्धा तथा युवाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सचेतना फैलाउने उद्येश्यले तिलोत्तमा नगरपालिका र रोट्रयाक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीको सहयोगमा तिलोत्तमा नगरपालिका वडा नं १६ कोटिहवास्थित श्री पशुपति कलेजमा शिविरको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले स्वास्थ्य जस्तो नैसर्गिक अधिकार सबै नागरिकको पहुँचमा ल्याउन यस्ता सामाजिक संघ–संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले राज्यको सिमित स्रोत र साधनले मात्र सबै नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन कार्य भएको पनि बताए । तिलोत्तमा नगरपालिकामा रहने नागरिकको स्वास्थ्य तथा जीवनस्तर उकास्न नगरपालिकाले विभिन्न कार्यक्रमहरु ल्याएको पनि उनले जानकारी दिए । साथै यस्ता निस्वार्थ सामाजिक कार्यका लागि नगरपालिका सदैव साथ र सहयोगको लागि तयार रहेको बताए ।

तिलोत्तमा १६ का वडाध्यक्ष झवि भुसालले वृद्धवृद्धा लक्षित यस्ता शिविरले समाजमा सचेतनाको विकास गर्ने बताए । शिविरका चिकित्सक डा. निकोलस भुसाललले शिविरमा उपलब्ध हुने सेवाका बारेमा जानकारी गराए । जसअन्तर्गत वृद्ध वृद्धाहरुका लागि पूणर् शारीरिक जाँच (फूल बडी चेकअप) र युवापुस्ताका लागि युरिक एसिड जाँच, सुगर जाँच र रगत जाँच रहेको थियो । साथै नगरपालिकाले यहाँका सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीका अध्यक्ष रो. राजविर जयसवाल, समाजसेवी शेर बहादुर थापा, रोट्याक्ट क्लबका क्षेत्रीय प्रतिनिधी रो. रमेश पन्थी लगाएतको उपस्थिति रहेको थियो ।

रोट्रयाक्ट क्लब अफ कोटिहवाका वर्ष २०२२/२३ का अध्यक्ष रो. अमन थापा मल्लको अध्यक्षता तथा सचिव कृष्ण खनालको सञ्चालनमा भएको उक्त कार्यक्रममा एसियन डाइग्नोष्टिक ल्याबको प्राविधिक सहयोग रहेको थियो भने रोट्याक्ट क्लब अफ तिनाउ बुटवल, रोट्याक्ट क्लव अफ पोखरा फिसटेल र युथ फर नेशनको सहयोग रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण