ताजा अपडेट »

प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते

आइतबार, २९ साउन २०७९, १९ : ३०
12 Shares

दाङ । प्यूठानमा जीप दुर्घटनामा हुँदा नौ जना घाइते भएका छन् । आइतबार साझ ५ बजे बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् ।


जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गाडी सडकबाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार थिए ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।