ताजा अपडेट »

बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन

आइतबार, २९ साउन २०७९, १२ : ३७
21 Shares

बुटवल । नेपाल रक्तदाता संघको भवन उद्घाटन भएको छ । संघको केन्द्रिय कार्यालयको रुपमा बुटवलमा निर्माण भएको भवनको आइतबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

संघका अध्यक्ष दयाबहादुर सिलवालको अध्यक्षता र उपमहानगर पालिकाका प्रमुख पाण्डेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनी लगायतको सहभागित रहेको थियो ।

कार्यक्रममा बोल्दै उपमहानगरपलिकाका प्रमुख पाण्डेयले रक्तदाता संघले गरेको कामको प्रशंसा गर्दै उपमहानगरपालिकाले आवश्यक सहयोग गर्नका लागि तयार रहेको बताए । साथै संघको आफ्नै भवन भएपछि रक्तदान कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अघि बढाउनका लागि आग्रह गरे । यस्तै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्ला प्रशासनबाट गर्न मिल्ने सबै प्रकारको सहयोग गर्नका लागि आफू तयार रहेको बताए । साथै आफू संस्थासँग हातेमालो गरेर अघि बढ्ने बताए ।

संघका अध्यक्ष दयाबहादुर सिलवालले भवन निर्माणका लागि सहयोग गर्ने सबै सहयोगदाताहरुलाई धन्यवाद दिएका थिए । सहयोगदाताहरुले विश्वास गरेर गरेको सहयोगलाई खोर जान नदिने गरी संघले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । भवन उद्घाटन कार्यक्रममा संघले रक्तदान कार्यक्रम समेत गरेको थियो । संघले भवन निर्माण लागि उपाध्यक्ष लेखनाथ भण्डारीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको थियो । समितिको सदस्यमा दिपक अधिकारी र प्रमेबहादुर सुनार रहेका थिए ।

सो कार्यक्रममा १० वर्षीया जिहाना सुनारले आफ्नो जन्म दिनको अबसरमा आफ्नो खुत्रुक्के फोरेर त्यसमा भएको ४ हजार रक्तदताहरुलाई जुसको लागि भन्दै सहयोग गरेकी थिइन् । कार्यक्रम संघका उपाध्यक्ष लेखनाथ भण्डारीको स्वागत र सचिव महेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।