ताजा अपडेट »

आलुको बोरामा भेटियो करिब ८४ लाख

मंगलबार, २१ असार २०७९, २२ : ४२
4 Shares

काठमाडौं। धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ ईनरुवास्थित सीमा ईलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले ८३ लाख ६४ हजार ५ सय नेपाली रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३६ वर्षका ईश्वर मण्डल र १९ वर्षका राजेश मण्डल छन् ।

ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी ईनरुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुले बोकेको आलुको बोराभित्र जाँच गर्दा उक्त रुपियाँ फेला परेको हो । सशस्त्र प्रहरी नायब सुमन शर्माका अनुसार, सो रकम र मोटरसाइकलसमेत बरामद गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।