ताजा अपडेट »

बङ्गलादेशमा निरन्तर वर्षा र बाढी, सयभन्दा बढीको मृत्यु

सोमबार, २० असार २०७९, १६ : ५३

ढाका । बङ्गलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ । बाढीका कारण यहाँका एक सयभन्दा बढीको ज्यान गएको बताइएको छ ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको छ ।

अधिकारीहरुले दिएको समाचारमा गएको मे १७ देखि जुन २८ सम्म बङ्गलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो । त्यतिबेला नै अधिकांश मानिसको ज्यान गएको बताइएको थियो । यहाँका कतिपय जिल्लामा पछिल्ला दिनहरुमा पनि बाढीको प्रकोप जारी छ । यहाँ बाढीले ल्याएका सर्पले टोकेर, चट्याङ्ग परेर र बाढीले बगाएर धेरैको ज्यान गएको बताइएको छ ।बङ्गलादेशका स्वास्थ्य अधिकारीहरुले अहिले पनि यहाँका कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो सङ्ख्याका मानिसहरु विस्थापित भएका बताइएको छ ।

बाढी प्रभावितहरुको उद्धार र सहयोगका लागि ठूलो सङ्ख्यामा सहायताकर्मी र प्रहरी परिचालन गरिएको बताइएको छ ।अघिल्लो हप्ताको बाढीले दर्जनौँ स्थानका बाटो बगाइदिएको छ । यसका कारण मानिसहरुलाई कैयौँ जिल्लामा आव जावत गर्न कठिन भएको पाइएको छ ।त्यस्तै, बिजुली र खानेपानीका संरचना पनि बाढीले भत्काइदिएको छ । ती संरचना निर्माणको काम भइरहेको अधिकारीहरुले बताएका छन् ।

यहाँका प्रकोप व्यवस्थापन सम्बन्धी मन्त्री इनामुर रहमानले सरकारले बाढी पीडितहरुको उद्धार गर्न र भत्किएका संरचनाहरु बनाउनका लागि ठूलो सङ्ख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताए ।

उनले यस्तो आपतका समयमा सहयोग गर्न सबै नागरिकलाई आग्रह पनि गरेका छन् । बङ्गलादशेका उत्तरी र उत्तरपूर्वी क्षेत्रका कैयौँ जिल्लामा बाढी आएको हो ।- एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।