ताजा अपडेट »

जसपा नेपालले सिफारिस गर्‍यो चार मन्त्री, इस्तियाक देखी प्रदिप यादवसम्म मन्त्री बन्दै

सोमबार, २० असार २०७९, ०९ : ५०
6 Shares

काठमाण्डौं । आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्तत: ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।

सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदिपकुमार यादव सिफारिस भएका हुन । 

आइतवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताए । उनका अनुसार सम्भवत: आजै सपथ हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।