ताजा अपडेट »

पहिरोको कारण तीन सडक अवरुद्ध

मंगलबार, १४ असार २०७९, १३ : ५६
8 Shares


काठमाडौं । पहिरोका कारण लम्जुङ, पाल्पा र दैलेखका तीन वटा सडक अवरुद्ध भएका छन् । 

लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित बेशिशहर–डुम्रे सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अबरुद्ध भएको छ । अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानदेखि सिद्धबाबा मन्दिरसम्म बिभिन्न स्थानमा मंगलबार बिहान ढुङ्गा सहितको लेदो पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

दैलेखको बिन्द्रासैनी नगरपालिका–७ चिसाखोलास्थित कर्णाली राजमार्गमा मंगलबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अबरोध भएको छ । प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।