ताजा अपडेट »

तिलोत्तमामा डुवान हुन नदिन पूर्व तयारी

आइतबार, १२ असार २०७९, १७ : ४२
2 Shares

तिलोत्तमा । बर्खायाममा हुने डुवान नियन्त्रणकालागी तिलोत्तमा नगरपालीकाले सक्र्रीयता देखाएको छ । विपद्को पुर्व तयारीकालागी डुवान प्रभावित क्षेत्रहरुमा रहेका खोला नाला र ढलको सरसफाई थालीएको छ ।

बर्षात सुुरु हुनु पूर्वनै खोला नाला तथा ढलको सरसफाई गरी ढुवान हुन नदीन पुुर्व तयारी थालीएको तिलोत्तमा नगरपालीका प्रमुख (मेयर) रामकृष्ण खाणले जानकारी दिए । यसै क्रममा उनले आईतवार वर्षायाममा डुवान हुने क्षेत्र मध्येको एक तिलोत्तमा–११ स्थित सुखौरा खोला सफाई कार्यको निरीक्षण समेत गरेका छन् । निरीक्षण गर्दै पानी नपर्दै काम सम्पन्न गर्न र प्रभावकारी रुपमा काम गर्न समेत उनले निर्देसन दिए । अनुगमनमा नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, तिनपा–११ का वार्ड अध्यक्ष विष्णु बहादुर बराल समेत सहभागी रहेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।